चार दिनअघि कुलोमा डुबेर मृत्यु भएको वृद्धको शव अझै उठेन

लमही । दाङको गढवा गाउँपालिका–५ धर्मपुरमा कुलोमा डुबेर मृत्यु भएका वृद्धका आफन्त अझै सम्पर्कमा आएका छैनन् । चार दिनअघि कुलोमा डुबेर मृत्यु भएका रोल्पाको साविक झेनाम गाविस– ९ रातामाटाका करीब ६० वर्षीय मानबहादुर पुन मगरको शव फेला परेको थियो । 

उक्त शव अहिले लमही अस्पतालको शव गृहमा राखिएको छ । अहिले आफन्तलाई खबर गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?