बाजुरा । बाजुराको बडिमालिका नगरपालिका– ९ मार्तडीको माझगाउँमा एक घरमा आगलागी हुँदा करीब पाँच लाख बराबारको क्षति भएको छ । सोमबार राति ११ बजे घरमा विद्युत्को तार सट भई आगलागी भएको हनुसक्ने प्रहरीको अनुमान छ ।
आगलागीबाट घरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको तर मानवीय क्षति नभएको प्रहरीले बताएको छ । माथिल्लो तलामा दाउरा राखेकोले सबै दाउरा क्षति भएको बताइएको छ ।
घरमा जिल्लाको त्रिवेणी नगरपालिका घरभएकी राइकला बुढा भाडामा बस्ने गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताएका छन् । बुढा सदरमुकाम मार्तडीमा होटेल सञ्चालन गर्दै आउएका छन् । घरधनी देवबहादुर लोहारको परिवार भने हाल कञ्चनपुरको सिसैयामा बस्ने गरेको उनका आफन्त गम विश्वकर्माले जानकारी दिएका छन् ।
प्रहरी र स्थानीयवासीको सक्रियतामा रातिनै आगो नियन्त्रणमा आइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया