काठमाडौं । गैरआवासिय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) ले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथी लागेको आरोप माथि सत्यतथ्य छानविन गर्न माग गरेको छ ।
शेर्पामाथी मानव तस्करी आरोपको लागेको थियो ।
प्रेस विज्ञप्ति जारी गर्दै आरोप लागेको दुई हप्तापछि मात्रै एनआरएनएले औपचारिक धारणा सार्वजनिक गरेको हो ।
बढ्दो दवावका बिच गत शनिवार संघको केन्द्रिय समितिको बैठकमा राजदूतबारे छलफल भएको थियो ।
बैठकपछि संघका प्रवक्ता डिला खरेलले जारी गरेको वक्तव्यमा भनिएको छ:
“आदरणीय अग्रज, गैर आवासीय नेपाली समुदाय एवम् प्रिय साथी हरू एन।आर।एन आस्ट्रेलिया अहिले नेपाली राजदुतावास अष्ट्रेलिया, क्यानवेरास्थित महामहिम राजदूत लक्की शेर्पामाथी लगाइएको आरोप तथा उक्त आरोप पश्चात नेपाली राजदुतावास अस्ट्रेलिया क्यानवेरा द्वारा आफ्नो धारणा सहित प्रकाशित प्रेस विज्ञप्तिका वारेमा जानकार रहेको र हाम्रो ध्यानाकर्षण भएको जानकारी गराऊदछौ”
आफ्नै चालकले मानव तस्करीको आरोप लगाएपछि विवादमा तानिएकी राजदूत लक्की शेर्पाबारे परराष्ट्र मन्त्रालयले छानविन गरिरहेको छ । छोटै समयमा नेपाल र अष्ट्रेलियाको कुटनीतिक सेतु बनेकी राजदूत शेर्पा आफ्नो बयान दिन नेपाल आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया