नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चद्धारा राहत वितरण

लोकपथ
28
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । नेपाल उद्योग परिसंघको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा एक कार्यक्रमकाबीच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामाग्रीहरु हस्तानान्तरण गरेको हो ।

राहत वितरण कार्यक्रममा नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चका संयोजक छाँया शर्मा, किरण सुजका महानिर्देशक विदुषी राणा, चौधरी ग्रुपका प्रतिनिधि आसरता कार्की चौधरी, लाङटाङ्ग रिट्रेकिङ्ग तथा एकस्पिडिशनका महानिर्देशक पम्फा धमलाले प्रदान गरिन् ।

त्यस्तै, महिला उद्यमी मञ्चका सदस्यहरु सरिता लामा, अनुजा सर्राफ तथा जावलाखेल ग्रप अफ इण्डष्ट्रिजका करर्पोरेट अधिकृत आरती लामाले ५ सय ५० थान बाक्लो कम्मल, ५ सय ५० थान उनको टोपी, ५५० थान उनको मोजाका साथै चिउरा कर्मायोग संस्थाका समुदाय विकास निर्देशक श्री सौरभ रिमाललाई प्रदान गरे ।

राहतका सामाग्रीहरु सुनसरी जिल्ला बराह नगरपालिकाका वडा नं ४, ६, ७, ८, ९, १० र ११ मा रहेका प्रकाशपुर, चक्रगढी, मानपुर गाँउका मुसहर, मधेशी, जनजाती, पिछडिएका समुदायहरु र विपन्न परिवारलाई प्रदान गरिन लागिएको हो ।

सो अवसरमा संस्थाका निर्देशक रिमालले परिसंघ र परिसंघको महिला उद्यमी मञ्चको प्रशंसा गर्दै धन्यवादसमेत दिए । कार्यक्रम राहतका सामाग्रीहरु राजधानीबाट सम्बन्धित गाउँमा उचित तवरबाट २ देखि ३ दिनको समयावधिमा पुगि सक्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?