क्वालालम्पुरबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको विमान कोलकातामा अवतरण

लोकपथ
70
Shares

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि फर्किएको छ । नेपाल एयरलाइन्सको आरए-४१६ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारतको कोलकाता पुगेको हो ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

त्यस्तै, आजै बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान पनि झापामा अवतरण भएको छ । काठमाडौं विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?