काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ नेता पौडेलबीच भेटघाट भएको हो ।
भेटघाटमा समसायीक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।
कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति लगायतका संवैधानिक पदहरुमा कांग्रेससँग पनि छलफल गर्ने बताएका थिए । यता कांग्रेसले राष्ट्रपति आफूले पाउने भन्दै दाबी गर्दै गरेको अवस्थामा पौडेलले प्रधानमन्त्री भेट्नुलाई अर्थपूर्ण हेरिएको छ ।
आजै सभामुखको निर्वाचन समेत हुँदैछ । सभामुखमा सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरे र कांग्रेसका तर्फबाट ईश्वरी न्यौपाने उम्मेदवार रहेका छन् ।
सभामुखको निर्वाचन अघि प्रधानमन्त्रीसँग वरिष्ठ नेता पौडेलले भेटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया