काठमाडौं । सरकारले अबदेखि मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका हुन् ।
यसैगरी, मन्त्रिपरिषदको बैठकमा क्रसर उद्योगका विषयमा छलफल भएको जानकारी दिँदै उपप्रधानमन्त्री पौडेलले सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गरिने बताए ।
देशभर अवैधानिक रुपमा सञ्चालन भइरहेका अधिकांश क्रसर उद्योग जिल्ला प्रशासन कार्यालयहरुको निर्देशनमा बन्द रहँदा निर्माणको काममा अबरोध आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया