काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार हुने सभामुखको निर्वाचनमा पार्टीकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्न ह्वीप जारी गरेको छ ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै भोलि बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन समेत कांग्रेसले आग्रह गरेको छ ।
त्यस्तै सत्ता साझेदार दलको समर्थनमा नेकपा एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरेको विपक्षमा मतदान गर्ने समेत आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
‘प्रतिनिधि सभामा नेपाली कांग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र माननीय ईश्वरी देवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र माननीय देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकज्यूले व्हिप जारी गर्नु भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
भोलि बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सभामुखको निर्वाचन हुँदैछ ।
सभामुखको लागि नेपाली कांग्रेसको तर्फबाट न्यौपाने र एमालेका तर्फबाट घिमिरे उम्मेदवार रहेका छन् । न्यौपानेलाई उनको दल नेपाली कांग्रेसहित सरकारमा सामेल नभएका अन्य राजनीतिक दलहरुको समेत समर्थन रहनेछ । भने घिमिरेलाई एमाले माओवादीसहित सरकारमा सामेल अन्य राजनीतिक दलहरुको समर्थन रहनेछ ।
संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया