फ्रान्समा रोजगारीमा पठाउने भन्दै १९ लाख ठग्ने प्रहरीको फन्दामा

लोकपथ
77
Shares

काठमाडौं । फ्रान्समा रोजगारीमा पठाइदिने भन्दै तीन जनाबाट १९ लाख रुपैयाँ ठग्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौंको चन्द्रागिरी बस्ने तेजेन्द्र महत रहेका छन् । राजेन्द्र रानामगर समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्समा जान १० लाख रुपैयाँ लाग्ने भन्दै उनले पटक पटक गरी १९ लाख उठाएर फरार भएका थिए ।

वैदेशिक रोजगार विभाग पत्राचार अनुसार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित सतुङ्गलबाट पक्राउ गरेको हो ।

उनलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?