जिल्ला अदालत तनहुँले पल शाहलाई दियो सफाइ

लोकपथ
371
Shares

काठमाडौं । अभिनेता पल शाहले सफाइ पाएका छन् ।

मंगलबार जिल्ला अदालत तनहुँले थुनामा रहेका अभिनेता शाहलाई सफाइ दिएको हो ।

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका शाहलाई सफाइ दिएको हो ।

आज शाहलाई सफाइ दिने फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले लोकपथलाई जानकारी दिएका हुन् । उनका अनुसार शाहले सफाइ पाउने फैसला भए पनि उनी आवश्यक कानुनी प्रक्रियापछि मात्रै छुट्ने छन् ।

शाह करिब १ वर्ष अघिदेखी तनहुँमा थुनामा रहेका थिए ।

यसअघि जिल्ला अदालत नवलपुरले पनि शाहलाई जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोग गरेको अभियोगमा उनलाई २ वर्ष ६ महिना जेल सजायँ र १० लाख क्षतिपूर्ती तोकिएको थियो ।

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा हुन पाउने छैनन् । जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसार हाल उनी सजायँ भुक्तान गर्न जेलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?