राप्रपाबाट लिङ्देनसहित को–को बन्दैछन् मन्त्री ?

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सामेल हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

जसमा एक उपप्रधान र एक राज्यमन्त्रीसहित सरकारमा सामेल हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

आज बसेको राप्रपाको बैठकले उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्रीमा विक्रम पाण्डे , कानुन मन्त्रीमा ध्रुबबहादुर प्रधान र उर्जा राज्यमन्त्रीमा दिपकबहादुर सिंह बन्न लागेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले आजै शपथग्रहण गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?