काठमाडौं । काठमाडौंको चोभारमा एक कार सडकबाट बागमती नदी किनारमा खसेको छ।
चोभारबाट खोकनातर्फ जाँदै गरेको बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले लोकपथलाई जानकारी दिए ।
‘कारमा ३ जना सवार भएको भन्ने बुझिएको छ । हाल घटनास्थलबाट एक वजना महिलालाई उद्धार गरी बयोधा अस्पताल लगिएको छ । अन्य २ जनाको भने खोजी कार्य जारी छ ।’ एसपी मैनालीले भने ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया