काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले उच्च मनोबलका साथ काम गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
सोमबार प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई सो निर्देशन दिएका हुन्।
गत पुस २८ गते प्रदेशका प्रहरी प्रमुखको सरुवा भएको थियो । आफ्नो कार्यस्थल जान लागेका डिआइजीहरुलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको समेत बताए ।
त्यसैगरी प्रहरीको नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण (बायोडाटा) लिएर धाउनु नपर्ने विश्वास समेत बताए ।
‘तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुन्छ, त्यसैले जिम्मेवारी निर्वाहमा ध्यान दिनुहोला ।’ गृहमन्त्री लामिछानेले भने ।
त्यस्तै विगतमा सरुवालाई सजायको रुपमा लिने गरेको भएता पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न उनले निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया