विमान दुर्घटना : ६९ को मृत्यु, तीन जना अझै बेपत्ता

लोकपथ
0
Shares
kf]v/f, ! df3 M ljdfg leqsf ofq’sf] p2f/ ug]{ k|of; kf]v/fdf b’3{6gfu|:t olt Po/nfoG;sf] hxfh leqsf ofq’ lgsfNg] k|of; ub}{ ;’/IffsdL{ . tl:a/M /flwsf s+8]n÷/f;;

काठमाडौं । पोखरा महानगरपालिकाको सेति खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु पुष्टि भएको छ । यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ । तीन जना अझै भेटिएका छैनन् ।

उनीहरुको खोजीकार्य जारी छ । विमानमा चालक दलका सदस्यसहित ७२ जना सवारमध्ये ६९ जनाको मृत्यु पुष्टि भएको हो । दुर्घटनामा बेपत्ताको खोजी तथा उद्धार भोलि मात्रै गरिने भएको छ । राति उद्धारको काम गर्न कठिन भएको भन्दै सोमबार बिहानदेखि मात्रै खोजी तथा उद्धार गरिने नेपाली सेनाले जनाएको छ ।

आइतबार साँझ विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो । यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि खोजी तथा उद्धारको काम जारी नै रहने जानकारी दिएका थिए । तर रातिको समयमा उद्धार कठिन भएको सेनाको भनाइ छ । अहिले नेपाली सेनाको दुई सय जना टोली घटनास्थलमा खटिएको छ ।

उक्त टोलीसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पनि घटनास्थलमै छन् । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?