काठमाडौं । यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।
संकलन भएका सबै शवहरु स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । केसीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ ।
विमानमा चालक दलका सदस्य सहित ७२ जना सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया