देशभर मनाइयो माघे संक्रान्ती पर्व

लोकपथ
21
Shares

काठमाडौं । आज देशभर माघे संक्रान्ती पर्व मनाइएको छ ।

मगर समुदायको मुख्य पर्व माघे संक्रान्ती पर्व आज देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाइएको हो ।
यस पर्वलाई मगरहरुले आफ्नो नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । मगर समुदायले आफ्ना पितृहरुलाई सम्मान गर्ने, प्रकृतिलाई पुज्ने र आफ्ना चेलीहरुलाई पुज्दै पारिवारिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउने गरेका छन् । काठमाडौंमा नेपाल मगर संघ केन्द्रिय समितिको आयोजनामा ३ दिने राष्ट्रिय सांस्कृतिक महोत्सवको आयोजना गरि माघे संक्रान्ती पर्व मनाइँदै छ ।

काठमाडौंको टँुडिखेलमा भएको सो महोत्सवमा देशभरबाट मगर समुदायको प्रतिनिधित्व रहेको छ । आ–आफ्नो भेषभुषा तथा गरगहनामा सजिएका व्यक्तिहरुले महोत्सवमा रौनकता थपेका छन् । साथै महोत्सवमा मगर समुदायको आ–आफ्नो मौलिक परिकारहरुको प्रदर्शनी तथा बिक्री वितरण भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव टेकबहादुर मगरले मगर समुदायको मौलिक संस्कार तथा संस्कृतिहरुको संरक्षण र संवद्र्धन गर्दै पुस्तान्तरण गर्नका लागि महोत्सवको आयोजना गरिएको बताए । उनले सरकारले देशका सबै जातजातिहरुको संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा सूचिकृत गर्नुपर्ने बताए । सम्बन्धित समुदायले मात्रै संरक्षण गर्न चाहेर सम्भव नहुने भन्दै उहाँले संस्कृतिहरुको संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराए ।

उनले देशलाई आर्थिक रुपमा समृद्ध बनाउना लागि पनि मगर लागयत देशका सबै जातजातिको संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । माघे सकरातीको अवसरमा मगर समुदाय लगायत अन्य समुदायले पनि एक–आपसमा शुभकामना साटासाट गरेर सो पर्व मनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?