काठमाडौं । पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको जहाजले साढे १५ वर्षअघि पहिलो उडान गरेको खुलेको छ । पहिलो उडान भने भारतको किङफिसर एयरलाइन्सले गरेको खुलेको हो ।
दुर्घटनाग्रस्त यतीको ९ एन–एएनसी जहाजले साढे १५ वर्षअघि सन् २००७ अगस्ट १७ मा पहिलो उडान गरेको जहाजबारे जानकारी दिने एयरफ्लिट्स डटनेट र प्लेनस्पटर्स डटनेटले जनाएको छ ।
२००७ अगस्टदेखि पाँच वर्षसम्म भारतको किङफिसर एयरलाइन्सले चलाएको उक्त विमान सेप्टेम्बर २०१२ मा उसले बेचेको थियो ।

त्यसपछि सन् २०१३ अप्रिल १ देखि थाइल्यान्डको नोक एयरले चलाएको हो । त्यसअघि भने केही समय दक्षिण अफ्रिकाको इन्भेस्टेक कम्पनीले लिजमा लिएर फिर्ता गरेको थियो । २०१८ अगस्टसम्म नोक एयरलाइन्सले चलाएपछि यति एयरलाइन्सले २०१९ को अप्रिलदेखि चलाउन थालेको हो ।
मेनुफेक्चर्स सिरियल नम्बर ७५४ रहेको विमान फ्रान्सेली शहर टाउलाउसमा उत्पादन गरिएको हो ।
आइतबार भएको दुर्घटनामा ६८ यात्रु र चार जना चालक दलका सदस्य रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया