काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे जानकारी लिन चाहने परिवार आफन्त र अन्य सरोकारवालाहरुका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने गर्ने भएको छ ।
आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
त्यसैगरी दुर्घटनमा मृत्यु भएकाहरुको पार्थिव शरीर बुझ्न र आफ्नो आफ्नो स्थानमा लैजान चाहनेको लागि सहजीकरण गर्न आवश्यक प्रवन्ध मिलाउने निर्णयसमेत गरेको छ ।
त्यस्तै सरकारले यती विमान दुर्घटनमा परी ज्यान गुमाउनेहरुको शोकमा माघ २ गते (भोलि) सार्वजनिक बिदा दिएको छ ।
आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । उनले सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै एक दिन शोकपूर्ण घटनामा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए । त्यस्तै त्यस्तै दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको पनि उनले बताए । पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको जाँच आयोगमा सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ । प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले आवश्यक निर्णय लिने मन्त्री पौडेलले बताए । उनले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फ देशका सबै वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा रहेका आफ्ना विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्नका लागि निर्देशन दिने निर्णय गरेको र यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने बताए ।
उनले भने, ‘अत्यन्तै दुःखद् घटना भएको छ । यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि १०ः३२ बजे उडेको थियो । करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा चालक दलका ४ जना, क्याप्टेन कमल केसीसहित । स्वदेशी र विदेशी यात्रुहरु गरी ६८ गरी कुल ७२ जना रहनुभएको थियो ।सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली र निधन भएका परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । भोलि एक दिन शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने (माघ २) गते र एक दिन सार्वजनिक बिदा दिने नर्णय गरेको छ । घटनाका बारेमा जानकारी लिन चाहने परिवार आफन्त र अन्य सरोकारवालाहरुका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने, पार्थिव शरीर बुझ्न र आफ्नो आफ्नो स्थानमा लैजान चाहनेको लागि सहजीकरण गर्न आवश्यक प्रवन्ध मिलाउने र दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन गैर सनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको छ । यो जाँच आयोगमा पूर्वसचिव नागेन्द्र घिमिरे यसको संयोजक रहनुहुन्छ । सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा, दुर्घटना जाँच आयोगको सदस्यसचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहनुहुनेछ । यसरी ५ सदस्यीय दुर्घटना जाँच आयोगको गठन गरिएको छ । यसलाई ४५ दिनको समयावधि निर्धारण गरिएको छ । कारण पहिचान गरी आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ । प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले आवश्यक निर्णय लिनेछ । आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फ देशका सब वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा रहेका आफ्ना विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया