काठमाडौं । पोखरामा दुर्घटना परेको यति एयरलाइन्सको ९ एनएनएसी विमान अवतरणका लागि अनुमति लिइसकेपछि दुर्घटनामा परेको पुष्टि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले विमानले ‘ल्याल्डिङ क्लियरेन्स’ लिइसकेको र चालकले कुनै समस्या भएको जानकारी नगराएको जानकारी दिएका हुन् ।
के कारणले विमान सेती खोंचमा खस्यो भन्न नसकिने भन्दै उनले विमानमा कुनै समस्या रहेकाबारे पोखरामा एयर ट्राफिक कन्ट्रोलरलाई केही नबताएको बताए ।
पोखराको मौसममा समस्या नभएको विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै रहेको उनको भनाइ छ । विमान कसरी दुर्घटनामा पर्यो भन्ने अनुमान गर्न नसकिने पनि ठाकुरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया