देवघाटमा भक्तजन आउनेक्रम जारी

लोकपथ
14
Shares
b]j3f6wfddf 8’Ëf r9]/ gbL kf/ ub{} eSthg e/tk’/, ! df3 M lrtjg, tgx’F / gjnk’/sf] ;Ëddf cjl:yt kljq tLy{:yn b]j3f6wfddf tgx’F tkm{sf] j]0fL ;Ëddf 8’Ëf dfkm{t hfFb} eSthg . :gfgsf nflu cfPsf eSthgnfO{ gbL jf/kf/ ug{sf nflu b’O{ bh{geGbf a9L 8’Ëfsf] Joj:yf ul/Psf] 5 . tl:a/ M s[i0f cfrfo{÷/f;;

चितवन । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् । दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ ।

विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसंक्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका हुन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार रातभर जाग्राम बस्नेहरु चितवन र तनहुँतर्फ गरी २० हजारभन्दा बढी रहेका थिए ।

तनहुँतर्फका गलेश्वर, महेश सन्यास, हरिहर आश्रमका सभाकक्षसमेत भरिएका थिए । यस्तै दुवैतर्फका विद्यालय, मन्दिर, सत्तललगायत रुखमुनिसमेत भक्तजनले भरिएको उनले जानकारी दिए । भगवान्को नाम जपेर साँझदेखि भजनकीर्तन गर्दै दीप प्रज्ज्वलन गरेर खाली ठाउँमा समेत भक्तजन बसेको उनको भनाइ छ ।

मेलालाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिएका छन् । अध्यक्ष अधिकारीको भनाइमा झण्डै एक हजार सुरक्षाकर्मी देवघाट क्षेत्रमा परिचालित छन् । नदीमा नुहाउने र ¥याफ्टिङका क्रममा दुर्घटना भई हालेमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र क्षेत्र विकास समितिका स्वयंसेवक तयारी अवस्थामा राखिएको छ ।

सवारी व्यवस्थापनका लागि आँपटारी र जुगेडीबाट जाने र रामनगरबाट फर्किने गरी व्यवस्थापन गरिएको छ । देवघाटका वारि र पारि दाताहरूले साँझदेखि नै चिया, जेरीपुरी, खानासमेत निःशुल्क खुवाइरहेको उनले जानकारी दिए । उनले भने, ‘गलेश्वर आश्रममा मात्रै शनिबार साँझबाट दुई हजारभन्दा बढीलाई खाना खुवाइसकिएको छ ।

अन्य आश्रमहरूले पनि निःशुल्क भोजन गराइरहेका छन् ।’ चिसो निकै रहेकाले ठाउँ–ठाउँमा धुनी बालेर रातभर भजनकीर्तन भएको उनको भनाइ छ । शनिबार बिहान नौ बजे त्रिशूली र कालीगण्डकीको वेणीमा बाँसको लिङ्गो ठड्याएर औपचारिकरूपमा माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो ।

शनिबारदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास रहेको छ ।

आजको दिन देवतासमेत देवघाटमा स्नान गर्न आउने किंवदन्ती रहेको छ । यहाँ स्नान गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले टाढा–टाढाबाट समेत भक्तजन स्नानका लागि आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?