विमान दुर्घटना अपडेट : २५ जना बढीको शव निकालियो

लोकपथ
224
Shares

काठमाडौं । दुर्घटनाग्रस्त यती एयरको विमानबाट २५ जना बढीको शव निकालिएको छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको पोखरा महानगर–१७ को सेती खोचमा दुर्घटना भएको थियो ।

दुर्घटनास्थलबाट २५ जना बढीको शव निकालिएको कास्कीका कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले लोकपथलाई जानकारी दिए ।

‘२५ जना बढीको शव निकालिएको छ । उनले भने, ‘हाल उद्धार कार्य जारी रहेको छ ।’

दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ जना सदस्य र ६८ यात्रुसहित ७२ जना सवार रहेको बताइएको छ ।

हाल उद्दार कार्य जारी रहेको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?