काठमाडौंबाट पोखराका लागि उडेको थियो दुर्घटनाग्रस्त विमान, ६८ जना थिए सवार

लोकपथ
420
Shares

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको हो ।

पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । हाल उद्धार कारेय जारी रहेको छ । आगो निभाउने प्रयास भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले लोकपथलाई जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?