‘नेपालमा घटनाको निष्पक्ष छानविन र अपराधमा सजायँ हुँदैन’

लोकपथ
28
Shares
Stop Child Violence and Trafficking. Stop Violence Against Children, child bondage in angle image blur , Human Rights Day concept.

काठमाडौं । मानवअधिकारको लागि अन्तराष्ट्रिय क्षेत्रमा काम गर्ने संस्था ह्युमन राइट्स वाचले नेपालमा मानवअधिकार उल्लंघनका घटनाको छानबिन र कारबाही नहुने बताएको छ ।

ह्युमन राइट्स वाचले एक रिपोर्ट सार्वजनिक गर्दै कथित गैरन्यायिक हत्या र यातनाका कारण हिरासतमा मृत्यु भएका घटनाहरूका बारेमा अनुसन्धान समेत नहुने गरेको रिपोर्टमा उल्लेख छ ।

‘नेपाल सरकारले यातना, जबरजस्ती बेपत्ता र गैरन्यायीक हत्याका घटनाबारे छानबिन गरेको छैन, उसले द्वन्द्वसम्बन्धी मुद्दाहरूलाई नियमित अदालतमा सम्बोधन हुनबाट रोकेको छ र सुरक्षाकर्मीहरूद्वारा हाल पनि अधिकार उल्लंघनका घटना भइरहेका छन् भन्नेबारे आरोपमाथि विश्वसनीय तवरले छानबिन गर्न वा अपराधका लागि सजाय दिलाउन सकेको छैन ।’ जारी रिपोर्टमा भनिएको छ ।

त्यस्तै नेपालमा संक्रमणकालिन न्यायका लागि विभिन्न आयोगहरु गठन भए पनि तिनले राम्रोसँग काम गर्न नसकेको रिपोर्टमा उल्लेख छ ।

नेपालमा संक्रमणकालिन न्यायका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग रहेका छन् । दुवै आयोगमा ६० हजार भन्दा बढी उजुरी परेका छन् । तर ती आयोगले एउटा पनि उजुरी छानबिनका लागि प्रयास नगरेको र असफल भएको जनाएको छ ।

‘नेपालमा दुई वटा सङ्क्रमणकालीन न्याय आयोग छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग । दुवै आयोगले पीडितका ६० हजारभन्दा बढी उजुरी पाएका छन् तर एउटा पनि छानबिन गर्न असफल भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?