काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा २६८ र विपक्षमा २ मतसहित विश्वासको मत प्राप्त गरेका हुन् ।
आजको निर्वाचन प्रक्रियामा २७० सांसदको उपस्थिती रहेको थियो । उनले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिएका हुन् ।
गत पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७२(२) बमोजिम दुई वा दुई भन्दा बढी दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत स्वतन्त्र सांसदहरुले समेत विश्वासको मत दिने घोषणा गरेका छन् । त्यस्तै ३ स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए । यता राष्ट्रिय जनमोर्चा र नेपाल किसान मजदुर पार्टीले भने प्रधानमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरेका छन् ।
कुल २७५ सदस्य रहेको प्रतिनिधि सभामा १ जना सांसद निलिम्बत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया