जनमोर्चाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।

आज प्रतिनिधिसभामा सम्बोधन गर्दै पार्टीका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् ।

त्यसैगरी उनले संसद प्रतिपक्षीविहीन भएको भन्दै सरकारले बाटो बिराउने होकी भन्दै संशय व्यक्त गरे ।
‘सबैले समर्थन गरे पनि हामी विश्वासको मत दिन सक्दैनाँै ।’ उनले भने ।

आफूहरु प्रतिपक्षीमा बसेर लड्ने बताए ।

यसअघि नेपाल किसान मजदुर किसान पार्टीले पनि सरकारलाई समर्थन नदिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?