काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रयोजनका लागि बसेको बैठकमा बोल्दै पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठले सो कुरा बताएकी हुन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यसअघि नै समर्थन गरेको भन्दै त्यसैको निरन्तरता दिने बताइन् ।
त्यसका साथै पार्टीका नेता रेशम चौधरीको रिहाइको माग समेत गरेकी छिन् । टिकापुर घटनामा चौधरीहरुलाई थुनिएको भन्दै थुनामुक्तको माग राखेकी हुन् ।
आफ्ना मागहरु पूरा हुने आशासहित प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा नजाने उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया