काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई ‘गुरुजी’ सम्बोधन गर्दै पटक पटक संसद विघटन गर्ने तपाईं नै होइन भनेर कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले आफुलाई विश्वासको मत दिन गरेका आग्रहलाई समर्थन गर्न रोष्ट्रममा पुगेका ओली र देउवाबीच घोचपेच भएको हो ।
अघिल्लो प्रतिनिधि सभा दुई दुई पटक विघटन गर्ने ओलीको कदम गलत भएको देउवाले टिप्पणी गरेकाप्रति जवाफ फर्काउँदै ओलीले भने– गुरुजी ! आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो ? २०५१ मा मैले विघटन गरेको हो ? माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन ?’
संविधानको रक्षा नै चुनौती बनेको देउवाको प्रश्न फर्काउन ओलीले भने, ‘यहाँले होइन पटकपटक संसद् विघटन गरेको ?’
संसद विघटनको गुरू देउवा नै रहेको भन्दै ओलीले राजनीतिक घटनाक्रमलाई आफू अनुकुल व्याख्या नगर्न सचेत गराए ।
यद्यपि, २०५८ साल असारमा संसद विघटन गर्दा देउवालाई अरुले विरोध गर्दा आफूले मात्रै समर्थन गरेको ओलीको भनाइ थियो । संसद विघटन गरेर जनतामा जानु प्रतिगमन नहुने उनको जिकीर थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया