प्रधानमन्त्री प्रचण्डले स्वीकारे गल्ती

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना गल्तीहरुको स्वीकार गरेका छन् ।

मंगलबार विश्वासको मत माग्ने क्रममा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले यसअघि दुई पटक सरकारको नेतृत्व गर्दा केही गल्ती भएको भन्दै स्वीकार गरेका हुन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदा आफूमा कुनै पनि अनुभव र टिम नभएकाले काम गर्न नसक्ने भन्दै विशेष परिस्थितीमा सरकारबाट बाहिरिएको बताए । त्यस्तै दोस्रो कार्यकालमा विभिन्न कामहरु गर्दागर्दै हटेको बताए ।

आफू ठूलो आत्मसमिक्षासहित रोस्टममा उभिएको बताएका प्रधानमन्त्री प्रचण्डले अब राष्ट्रिय संकल्पको आवश्यक्ता रहेको बताए । त्यसैगरी आगामी दिनमा दलहरुबीच दोषारोपण भन्दा पनि मिलेर अघि बढ्नुपर्ने बताए । साथै आफू दुईदुई पटक सरकारको नेतृत्व गरेका अनुभवबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?