चितवनमा दम्पत्ति नै मृत अवस्थामा फेला

लोकपथ
70
Shares

चितवन । चितवनमा दम्पत्ति नै मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको भरतपुर महानगरपालिका–२९ को खेतबारीमा प्रेम रानामगर र उनकी श्रीमती शान्ति रानामगर मृत भेटिएका हुन् ।

प्रेम घरको कोठा भित्र झुण्डिएको अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती शान्ति घर बाहिर भुईँमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले लोकपथलाई जानकारी दिए ।

‘श्रीमानको शव घर भित्र भेटिएको छ भने उनको श्रीमतीको शव घर बाहिर भेटिएको छ । म अहिले घटनास्थलमै छु अनुसन्धान जारी रहेको छ । मुचुल्का उठाउने काम भइरहेको छ ।’ उनले भने ।

बिहान स्थानीयहरुले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?