काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सिके राउतले कुनै दिन आफ्नो नाम लिन पनि निषेध गरिएको ठाउँमा बोल्न पाउँदा खुसी लागेको बताएका छन् ।
आज प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले आफूलाई प्रतिबन्ध लगाइएकोप्रति संकेत गर्दै लोकतन्त्रले आफूलाई संसदसम्म पुर्याएको बताए ।
‘आज यो ठाउँमा उभिँदा नौलो अनुभूति भइरहेको छ । खासगरी जुन ठाउँमा मेरो नाम मात्रै लिन निषेध गरिएको थियो । जुन ठाउँमा आज आफैँ उभिएर बोल्न पाउँदा खुसी लागेको छ ।’ उनले भने ।
बैठकमा उनले नेपालको लोकतान्त्रिक विकासक्रमका बारेमा व्याख्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया