काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले विश्वासको मत लिनेमा ढुक्क रहेको बताएका छन् ।
सोमबारबाट शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले विश्वासको मत प्राप्त गर्ने भए पनि चुनौती प्रशस्त रहेको बताए ।
‘म ढुक्क छु उहाँ (प्रधानमन्त्री) ले विश्वासको मत प्राप्त गर्नुहुनेछ । आजै म बधाइ दिन चाहान्छु ।’ उनले भने, ‘चुनौती छन् भन्ने कुरा स्मरण गराउन चाहान्छु । परिस्थिती सहज छैन भन्ने कुरा बताउँन चाहान्छु ।’
त्यसैगरी अहिले अर्थतन्त्र ठिक ढंगले उठ्न नसकेको बताए । अहिले राजश्व ऋणात्मक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘राजस्व उपयुक्त ढंगले उठिरहेको छैन । धेरै वर्षपछि राजस्व ऋणात्मक अवस्थामा छ । यो गम्भीर कुरा हो । वैदेशिक मुद्रा संकलन हुन सकिरहेको छैन । महंगी बढ्दो रहेको छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया