काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।
सङ्घका अनुसार काठमाडौंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ ।
काठमाडौंदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ ।
काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट) मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौं–सिमरामा रु एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौं–भद्रपुरमा रु छ सय, काठमाडौं–विराटनगरमा रु चार सय ८५, काठमाडौं–जनकपुरमा रु दुई सय ६०, काठमाडौं–भरतपुरमा रु दुई सय १५ र काठमाडौं–पोखरामा रु तीन सय २० भाडा घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया