काठमाडौं । बुटवलवाट नारायणगढ जादै गरेको लु २ ख ३७२ नम्बरको बस कावासोती जंगलमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन् ।
घाइतेमध्ये ७ जनाकोअवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता सन्तोष पाठकले लोकपथलाई जानकारी दिए ।
‘निर्माणधिन बाटोमा गुडिरहेको बसको पत्ता भाच्चिएपछि बस अनियन्त्रीत भएर सडकमा पल्टेको हो । बसमा सवार ३० जनामध्यै २६ जना घाइते हुनुहुन्छ ।’ डीएसपी पाठकले बताए ।
घाइतेहरुको हाल जिल्ला सरकारी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया