काठमाडौं । चिसोको जोखिम न्यूनीकरण तथा सुरक्षाका लागि विपन्न वर्गलाई राहत वितरण गरिएको छ । तराईमा शीतलहरसँगै बढेको चिसोबाट प्रभावित विपन्न वर्गलाई कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले राहत सामाग्री वितरण गरेका हुन् ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी पालिका अन्तर्गतका (क) र (ख) वर्गका अपांगता परिचयपत्र प्राप्त २ सय २९ जनालाई नगद र कम्बल वितरण गरिएको छ । प्रतिव्यक्ति १ हजार ७ सय ७० रुपैयाँका दरले राहत प्रदान गरिएको बताइएको छ ।
आर्थिक वर्षको ७ महिनाको अवधिको तलब र भत्तावापतको कुल ४ लाख ७ हजार रुपैयाँबाट सो नगद र कपडा उपलब्ध गराइएको अध्यक्षका सचिवालय सदस्य चित्रबहादुर ओलीले बताए । उनका अनुसार आगामी दिनमा (क) र (ख) वर्गका अपांगता भएका व्यक्तिहरु र आर्थिक विपन्नता भएकालाई समेत सहायता प्रदान गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया