विद्यार्थीमाझ ‘नमूना राष्ट्रसङ्घ छलफल’

लोकपथ
14
Shares
???????? ??????? ????? ??????? ??????? ?????? ????? ??????? ‘????? ??????????? ????’ ??????????? ??????? ??????????? ??????? ???? ??????? ????????????? ????? ?????????? ?????????? ?????? ????????? ?????? ???? ? ????????? ? ?????? ? ????????? ????????, ????

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास परियोजनाका नेपालस्थित आवासीय प्रतिनिधि आइसानी लेबेले विश्वको वातावरण, विकास, सामाजिक, आर्थिक, राजनीतिकका साथै सङ्कट निरूपण र निराकरणका उपायका बारेमा आजका विद्यार्थीले ज्ञान हासिल गर्नुपर्ने बताएका छन् ।

काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको तीनदिने ‘नमूना राष्ट्रसङ्घ छलफल’ कार्यक्रमको आज उद्घाटन गर्दै लेबेले भोलिका कर्णधार आजका विद्यार्थी नै हुन् भन्दै यस्तो नमूना छलफलले विद्यार्थीको सोच विश्वव्यापी बनाउन सहयोग गर्नुका साथै ज्ञान हासिल गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिनिधि लेबेले आफ्नो विद्यार्थी जीवन र अहिलेका विद्यार्थीको जीवनको तुलना गर्दैै प्रमुख प्राथमिकतामा पर्ने दिगो विकासका लक्ष्य प्राप्त गर्न यस्ता कार्यक्रम सहयोगी हुने उल्लेख गरिन् । साथै उनले निजी विद्यालयले गर्ने यस्तो कार्यक्रम सामुदायिक तथा सरकारी विद्यालयमा पु¥याउन र सहकार्य गर्न आवश्यक रहेको बताए।

प्रज्ञा कुञ्ज विद्यालय व्यवस्थापन समितिका सदस्य कपिलदेव रेग्मीले सो विद्यालयले सधैँ नै युगसापेक्ष र व्यवहारिक शिक्षा दिने तथा यसै क्रममा यस कार्यक्रमले विद्यार्थीमा समयसापेक्ष शिक्षा तथा समय अनुकूल ज्ञान, सीप र व्यवहारको विकास हुने बताए ।

मोडेल युनाइटेड नेसन्स (मुन) का विद्यार्थी महासचिव अद्वैत थापाले यस्ता कार्यक्रमले विद्यार्थीमा विश्वव्यापी चासो बढाएर आत्मविश्वासका साथ जीवनोपयोगी शिक्षा संवाहन गराउने बताए । कार्यक्रममा ६५ देशको प्रतिनिधित्व गर्दै ८३ विद्यार्थीले वातावरण, मानवअधिकार, स्वास्थ्य, अर्थ तथा वाणिज्यका साथै अन्तर्राष्ट्रिय सुरक्षालगायत विषयमा छलफल गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?