काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले टाइम कार्ड लागू गरेको छ । आज बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको हो ।
टाइम कार्डले कसरी काम गर्छ ?
अब सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजात पूरा गरे एक घण्टाभित्र उनीहरुले सेवा पाउनेछन् । नागरिकता बनाउनका लागि सबै कागजात पुगेको छ भने एक घन्टाभित्र नागरिकता तयार भएर हातमा पर्नेछ ।
प्रशासनले संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक परिचय पत्र, प्रशासनबाट प्रदान हुने अरु सबै सिफारिसका लागि एक घन्टा समय तोकेको हो । साथै, राहदानी छपाइ भएर आइसकेपछि लिनका लागि १५ मिनेट भन्दा बढी नलाग्ने प्रशासनको भनाइ छ । त्यस्तै, प्रशासनले मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया