काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले आगामी पुस २३ गतेका लागि संसदीय दलको बैठक बोलाएको हो । पुस २५ बस्ने प्रतिनिधिसभाको बैठकका विषयमा पार्टीको संसदमा भूमिका कस्तो बनाउने भन्ने विषयमा छलफल हुनेछ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।
‘प्रतिनिधिसभाको अधिवेशन पौष २५ गते प्रारम्भ हुने मिति दृष्ट्रिगत गर्दै नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पौषमा संसदीय दलको कार्यालय सिंहदरबारमा अपरान्ह १ः०० बजे बस्नेछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै पौष २२ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठक सारिएको छ । बैठक पौष २८ गते दिउँसो १ बजे बस्ने पौडेलले जनाएका छन् ।
गत पौष ६ गते संसदीय दलको निर्वाचनपछि नेपाली कांग्रेसको संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया