काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवहरुका कुनै पिरमर्का वा गुनासा भए सिधै आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
मंगलवार सचिवहरुलाई ३० बुँदे निर्देशन दिने क्रममा प्रचण्डले कसैको डर, दबाव, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमान्दारी, निष्ठा तथा कुशलतापूर्वक निभाउन आग्रह गरेका हुन् ।
‘तपाईका कुनै पिरमर्का वा गुनासा भए मलाई सिधै राख्न सक्नुहुनेछ। कसैको डर, दबाव, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमान्दारी, निष्ठा तथा कुशलतापूर्वक निभाउनुहुने छ भन्ने विश्वास लिएको छु’, प्रचण्डले भने ।
उनले कमजोरी भए सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै अरुलाई देखाएर पन्छिने कार्य नगर्न पनि कडा निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया