नेतृत्वको बद्ख्वाईँ गरेको भन्दै पोलिट्ब्यूरो बैठकमा माधव नेपालको आक्रोश

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी कमिटी बाहिर नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न निर्देशन दिएका छन् ।

पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै आफूलाई लागेको कुरा मिडियामा प्रचार गरेर पार्टी नबन्ने चेतावनी पनि उनले दिएका हुन् ।

उनले भने, ‘अनुशासन तोड्ने अनि हाम्रै स्वर ठूलो हुने । पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठूलो हुने । आफ्नो नेताहरूको बद्ख्वाईँ गरेर अरु नेताको प्रशांसा गर्ने अनि आफ्नै स्वर ठूलो हुने ? यो तरिका बन्द गरौं । हामी नयाँ क्रान्तिकारी पार्टी बनाउन लाग्नुपर्छ ।’

सबै कुरा पार्टीमा छलफल गर्न पनि नेताहरूलाई नेपालको निर्देशन थियो । पार्टी वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीले पार्टीविरुद्ध गतिविधि गरेको कुरा बैठकमा उठेपछि अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् ।

‘जे जे लागेको छ, कमिटीमै राखौं,’ उनले भने, ‘फेसबुकमा लेखेर आफूलाई लागेको कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ ।’

बैठकमा वरिष्ठ नेता मुकुन्द न्यौपानेमाथि कारबाहीको आवाज उठेको थियो । अध्यक्ष नेपालको कार्यशैलीको आलोचना गर्दै आएका उनलाई बैठकका क्रममा बोल्ने पोलिटब्युरो सदस्यहरुले कारबाही माग गरेका थिए ।

मंसिर ४ को चुनावका बेला पार्टी लाइनविपरीत गएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोप पनि न्यौपानेमाथि छ । बैठकमा एमालेसँग मिल्न खोजेको भन्दै न्यौपानेमाथि नै कारबाही माग उठेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?