प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

लोकपथ
21
Shares

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आइतवार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री दाहालले सो अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।

विमानस्थलको उद्घाटनको अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । यस अघि त्यस क्षेत्रका हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ ।

May be an image of one or more people, people standing and people sittingMay be an image of one or more people, people standing, sky and crowdMay be an image of 12 people and text that says "POKHARA INTERNATIONALA AIRPORT INAUGURATION CEREMONY anuary 2023"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?