आज गुरुङ्ग समुदायको नयाँ वर्ष अर्थात् तमु ल्होसार, यस्तो छ सांस्कृतिक महत्व

लोकपथ
112
Shares

काठमाडाैं । आज गुरुङ्ग समुदायले धुमधामका साथ तमु ल्होसार (नयाँ वर्ष) मनाउँदै छन् । गुरुङ्ग समुदायले मनाउने नयाँ वर्षलाई तमु लोसार भनिन्छ । आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । गुरुङ्ग समूदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘लो’ वा ‘ल्हो’ भनेको वर्ष र सार भनेको नयाँ हो। व्यवहारमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ मनाइने पर्वलाई लोसार वा ल्होसार भन्ने गरिन्छ। खासगरी नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियनलगायत बौद्ध धर्म मान्ने समुदायले लोसार पर्व मनाउने गर्दछन्। तमु, तोल, सोनम र ग्याल्पो गरी चार सम्प्रदायका लोसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ।

‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो। गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो। गुरुङहरुले यस वर्ष खि (कुकुर) वर्गलाई बिदाइ गरी फो (मृग) वर्गको स्वागत गर्दै छन्। हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो। तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ।

आजबाट शुरु हुने ल्होसारको प्रत्येक पल शुद्ध र धार्मिक हुने जनविश्वास रहेको छ । विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झन्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्ड्याई नयाँ वर्षको स्वागत गर्दछन् ।

परम्परागत बाजागाजा, झाँकी अनि परम्परागत पहिचान सहित खानपिनमा नयाँ परिकार बनाई तमु संस्कृतिको परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा देख्न सकिन्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?