गौशाला । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
महोत्तरी प्रहरीले जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साहलाई पक्राउ गरेको हो । उनलाई पाँच वर्षपछि पक्राउ गरेको हो ।
प्रहरीक अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ गते आफ्नै श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको हरिणमरी र धनुषाको सिनुरजोरा गाउँको बीचबाट बग्ने बिग्ही नदीमा माटोमुनि गाडेका थिए ।
श्रीमतीलाई विभत्स हत्या गरी फरार रहेका साहले भारतको उमगाँव शहरमा १३ महीना र कतारमा ३० महीना लुकेर काम गरेका थिए । ११ महीनादेखि जनकपुरधाममा अटो रिक्सा चलाइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया