सिरियल किलर शोभराज विहीवार पाहुनाका रुपमा केन्द्रीय कारागारमा बस्ने

लोकपथ
35
Shares

काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज (आज) बिहीवार रिहा नहुने भएका छन् । उनलाई केन्द्रीय कारागारबाट अध्यागमन विभाग लैजाने तयारी भएपनि शोभराजले आज रिहा हुन नमानेको उनलाई कानुनीरुपमा सहयोग गरिरहेका गोपाल शिवाकोटीले जनाए ।

शिवाकोटीका अनुसार अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेको बताइएको छ । चार्ल्सले आफू बाहिर (होटलमा) बस्न नमानेपछि बिहीवार राति केन्द्रीय कारागारमै राखेर शुक्रवार मात्र अध्यागमन कार्यालयमा लैजाने तयारी भएको हो ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

चार वर्षअघि नै शोभराज ७४ वर्ष पुगिसकेका थिए । कारागार नियमावलीअनुसार शोभराजले आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए । तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने भन्दै अदालतले उनलाई रिहा गर्ने आदेश दिन इन्कार गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?