काठमाडौं । सानिमा बैंक लिमिटेड र स्मल वल्र्ड फाईनान्सियल सर्भिसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ ।
युरोपबाट रेमिट्यान्स पठाउन स्मल वल्र्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६ हजार भन्दाबढि आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिनेछ ।
साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३ सय ६५ दिन रियल टाईममा रकम जम्मा गर्न सकिने छ ।
सानिमा बैंकको रेमिट्यान्स मार्फत यूएई, मलेशिया, कतार, यूके, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ । साथै, सानिमा बंैकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १ सय ३० कार्यालयहरु र १ सय २३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया