काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्।
निमोनियाका बिरामी रहेका नेता नेपालको स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो।
नेपालको सचिवालयका अनुसार रूघा(खोकी र छातीमा संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो। संक्रमण फैलिन सक्ने जोखिम भएकाले चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया