जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्तहरू पक्राउ

बारा-जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्तहरू बारा सुवर्ण गाउँपालिका-७ वस्ने गजिन्द्र राय र शिवधारी महरालाई प्रहरीले पक्राउ गरेको छ ।
 

       अभियुक्तहरूले २०६१ चैत्र २८ गते बारा झिटकैया बस्ने शिबशंकर साह तेलीलाई अपहरण गरी भारत विहार चम्पारणस्थित सुरेन्द्र बरैको घरमा बन्धक बनाई राखेको अवस्थामा २०६२ बैशाख ११ गते नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

अभियुक्तद्वयलाई प्रहरीले जिल्ला अदालत बारामा पेश गरेकोमा अदालतको आदेशले दुबैजनालाई पुर्पक्षको लागि कारागार कार्यालय बीरगन्ज पर्सा पठाएको  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?