सबिन फुयाँल मृत्यु प्रकरण : उग्र रुप लिँदै घटना, प्रहरी चौकीमा आगजनी

लोकपथ
378
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर–३ का सबिन फुयाँलको मृत्यु प्रकरणले उग्र रुप लिएको छ ।

आइतबार राति ट्रिपरको ठक्करबाट मृत्यु भएको भनिए पनि उनको शरिरमा घाउको खत देखिएपछि मृत्यु शंकास्पद भएको हो ।

घटनाको निष्पक्ष छानविनको मागसहित स्थानीयले गरेको आक्रमणमा प्रहरीले धरपकड गरेपछि घटनाले थप उग्र रुप लिएको हो ।

तारकेश्वर–३ तीनपिप्लेका फुयाँलको मृत्यु प्रकरणले उग्र रुप लिएपछि स्थानीयले सोमबार राति तीनपिप्लेको प्रहरी चौकीमा आगजनी समेत गरेका थिए । त्यसैगरी आक्रोशित स्थानीयले सिसिटिभी फुटाउने र प्रहरीको मोटरसाइकल समेत जलाएका थिए ।

प्रहरी र स्थानीयको प्रदर्शनका क्रममा प्रहरीले १० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

ट्रिपरको ठक्करबाट मृत्यु भएको भनिए पनि मृतकको घाँटीमा काटेको दाग रहेका कारण उनको हत्या भएको हुनसक्ने आशंका समेत गरिएको छ ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?