कोरियाली सेनामा भर्ना हुँदै बीटीएस ब्यान्डका सदस्य

लोकपथ
77
Shares
WEST HOLLYWOOD, CALIFORNIA – DECEMBER 07: (L-R) V, SUGA, Jin, J-Hope, RM, Jimin, and Jungkook of BTS attend the 2019 Variety’s Hitmakers Brunch at Soho House on December 07, 2019 in West Hollywood, California. (Photo by Jon Kopaloff/Getty Images)

सोल । दक्षिण कोरियाको चर्चित व्यान्ड ग्रुप बीटीएका सबै सदस्यले चाँडै नै देशको सेनामा भर्ना हुने भएका छन् । दक्षिण कोरियाको नियमअनुसार १८ देखि २८ वर्ष उमेर समूहका सबै युवालाई सेनामा दुई वर्षको तालिम लिन अनिवार्य छ ।

बीटीएसका जति सदस्य छन्, तीमध्ये एकलाई छाडेर बाँकी सबैको उमेर २८ भन्दा कम छ । यहीकारण त्यहाँको नियम पालना गर्दै उनीहरू सेनामा भर्ना हुन लागेका हुन् ।

दक्षिण कोरिया एक यस्तो देश हो, जुन देश जहिल्यै वार जोनमा रहन्छ । छिमेकी देश उत्तर कोरियासँग दक्षिण कोरियाको युद्धको डर सधै छ । युद्धको अवस्थामा अधिकभन्दा अधिक जनशक्तिको आवश्यकता पर्छ । यहीकारण दक्षिण कोरियाली सरकारले १८ देखि २८ वर्षभित्रका युवा वर्गलाई अनिवार्य सेनामा दुई वर्ष सेवा गर्नुपर्ने नियम बनाएको छ ।

व्यान्डका मेनेजरले हालै एक अन्तर्वार्तामा अब बीटीएस सन् २०२५ को आसपास मात्र स्रोता तथा दर्शकमाझ आउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?