कहिलेकाहीँ गलत परिस्थतिमा सहि निर्णय लिदाँ मानिसको जिवनमा ठुलो परिवर्तन भइदिन्छ । शिखरमा पुग्ने कसको चाहना हुँदैन होला र ? धेरै मानिसहरु प्रतिष्ठा कमाएर जीवनलाई सार्थक बनाउन लागि परेका हुन्छन् तर त्यो सफलता चुम्ने सोँच बनाएकाहरु नै उचाई देखेर आत्तिने गर्दछन् । किनकि उनीहरु बिना संघर्स त्यहाँ उचाईमा पुगेको आभाष गर्दछन् । सफलता त्यसै मिल्ने कुरा होइन सफल बन्नको लगि मानिसमा दृढ संकल्पको भावना हुन आवश्यक हुनुको धैर्यता पनि चाहिन्छ । यस्ता थुप्रै व्यक्तित्वहरुले निकै धैर्यताका साथ आफुलाई तल्लो तहबाट संघर्ष गरेर विश्वमाझ चिनिन सफल भएका छन् ।
थोमस एडिसन र वैज्ञानिकहरु
थोमस एडिसन जो आफ्नो जीवनको एक समयमा साग बेच्दै हिड्थेँ तर उनी एक प्रखर वैज्ञानीक भएर निस्किए । विभिन्न अन्र्तवार्ताका क्रममा उनले यो कुरा खुलाएका छन् ।
कवाडी काम गर्ने स्टिभ जब्स जसलाई एकछाक पेटभरि खान धर्मशाला धाउनु पथ्र्यो उनी एप्पलका मालिक भए । भारतका रजनिकान्त जो आज विश्वसामु चिरपरिचित सुपरस्टार छन् उनी खलासिको काम गर्दै अगाडी बढे, नेपालमा पनि यस्ता संर्घष गर्ने व्यक्तित्वहरुको कमि छैन ।
कलाकार को कुरा गर्ने हो भने रामकृष्ण ढकाल, हरिवश आचार्य, रेखा थापा, धर्मिक गुरु विकाशानन्द, यी सबै व्यक्तिको बाल्यकाल युवावस्था निकै कष्टकर थियो ।
जीवनमा सफल हुनु छ भने यस्ता व्यक्तिहरुबाट हामीले केही न केहि सिक्नै पर्छ ।
निराश नहुनुहोस् । व्यवसाय वा कारोबारमा सफल हुने टिप्सहरु यस्ता छन् । जुन सफल व्यक्तिहरुले अपनाएका थिए ।
- लक्ष्य निर्धारण
- पूर्ण र स्पष्ट योजना
- प्रोत्साहन गर्ने पात्रको जीवन अध्ययन
- आफ्नो लक्ष्य प्रति प्रतिज्ञा गर्ने
- दैनिक चिन्तन मनन गर्ने
- लगानीको निश्चितता
- निरन्तरता
- उपलब्धीको स्विकार
- सकारात्मक सोँच
- कानूनी प्रावधानसँग स्पष्ट हुने
- सञ्चारको उचित उपयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया