शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख

लोकपथ
42
Shares

काठमाडौं । शताब्दी वाङ्मय पुरुष डा.सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालले बुधवार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको छ ।

यद्यपि, उनले सामान्य दोहोरो कुराकानी गर्न थालेको अस्पतालको भनाइ छ । उनलाई अहिले अस्पतालको डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्षसरहकै निगरानीमा उपचार गरिरहेको पनि अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?